प्रभु साह एमाले बैठकमा सहभागी, साहले बनाएका दुई केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ

डिसी नेपाल
१२ कार्तिक २०७८ १७:३४
852
Shares

काठमाडौं । माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुई जनलाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् ।

आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहा र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रभु साह केन्द्रीय समिति बैठकमा सहभागी

केन्द्रीय समिति बैठकमा प्रभु साह उपस्थित भएका छन् । पछिल्लो समय असन्तुष्ट रहँदै आएका पूर्वमाओवादी नेता साह शुक्रबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् ।

पछिल्लो समय एमालेसँग असन्तुष्ट रहँदै आएका साह कहिले माओवादी फर्किने त कहिले नेकपा ब्युँताउने भनेर चर्चामा थिए ।

तर अघिल्लो स्थायी कमिटी बैठकले साहनिकट दुई जना कुन्दन कुशबाहा र मोहम्मद समीरलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनित गरेका थिए । ती सदस्यहरुले आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीबाट सपथ लिइसकेका छन् । यहीँ केन्द्रीय कमिटी बैठकमा साह पनि उपस्थित भएका हुन् ।

यससँगै उनी एमालेमै रहेको स्पष्ट भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.