प्रकाश पराजुली र मिना बुढाथोकी बने दोहोरी च्याम्पियन

डिसी नेपाल
१३ कार्तिक २०७८ २०:२६

काठमाडौं । नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जितेका छन् ।

पोखरास्थित बाराहीघाटमा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले जितेको हो । विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

शोभा कार्की र बालचन्द्र बरालको समूह दोस्रो भएको छ । उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरे।

कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले ‘दोहोरी च्याम्पियन– २’ सञ्चालन गर्ने घोषणा गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *