प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वसको मत लिँदै

डिसी नेपाल
१५ कार्तिक २०७८ ९:०९
104
Shares

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज साेमबार विश्वासकाे मत लिँदैछन्। त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ।

आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ। मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर टुंगाे लाग्नेछ।

मुख्यमन्त्री आचार्य पार्टीभित्र छलफलमा जुटेका छन्।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आचार्यलाई मुख्यमन्त्रीबाट बिदा गर्ने सन्देश दिइसकेका छन्। विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेकाे छ।

प्रदेश १ मा ९२ सांसद सासद छन्। एमालेसँग सभामुखसहित ४१ सांसद छन्। कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। एक सिट रहेकाे राप्रपा मौन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.