ओली पुगे मुग्लिन, दासढुंगामा मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने
चितवन। एमाले अध्यक्ष केपी ओली सडकमार्ग हुँदै चितवन गएका छन्। केही समयअघि मुग्लिन पुगेका ओलीलाई एमालेका कार्यकर्ताले स्वागत गरेका थिए। उनी दासढुंगा हुँदै भरतपुर जानेछन् । दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नेछन्।
एमाले भरतपुर नगरको अधिवेशनलाई सम्बोधन गर्न ओली चितवन आएका हुन्। नगर कमिटीको अधिवेशनमा सहभागी हुन एमाले नेता सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल चितवन आइपुगेका छन् । दुवैले सौराहा पुगेर एमालेको दशौं महाधिवेशनको बन्द सत्र हुने स्थानको अवलोकन गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment