कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

डिसी नेपाल
१५ कार्तिक २०७८ २०:१२

काठमाडौं।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गत ३ वैशाखमा विश्वासको मत लिँदा नेपाली कांग्रेससँग भएको सहमतिका आधारमा राजीनामा दिएका हुन् ।

सोमबार बेलुका मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामाको घोषणा गरेका हुन् ।३ वैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा कांग्रेसलाई छ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए ।

गत वैशाखमा नेकपा एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । त्यस बेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । सत्ता साझेदारी गर्ने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुने बाटो खुलेको छ । त्यही आधारमा आफूले सहमतिको पालना गरेर राजीनामा दिएको मुख्यमन्त्री शाहीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *