प्रधानमन्त्री देउवासँग आइएमओका महासचिवको भेटवार्ता

डिसी नेपाल
१६ कार्तिक २०७८ २१:०४
24
Shares

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवासँग अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) का महासचिव किटैक लिमले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन आएका उनीसँग महासचिव लिमले आज ‘साइडलाइन’ भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा उनीहरुबीच समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए ।

सो अवसरमा महासचिव लिमले समुद्रसँग सम्बन्धित स्वीडेन र मोल्टामा रहेका विश्वविद्यालय र इच्स्टिच्युटमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी राखेको प्रस्तावमा प्रधानमन्त्री देउवाले धन्यवाद दिएका थिए ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति संयुक्त अधिराज्य पुगेका थिए । यही कात्तिक १४ गतेदेखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ कात्तिक २६ गतेसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.