राजदूत नियुक्ति लगायतका मागसहित एनआरएनए जापानले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

डिसी नेपाल
१७ कार्तिक २०७८ १३:४९

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा बसोबास गर्दै आईरहेका र जापान जान प्रतिक्षामा रहेका नेपालीहरुको लाभका लागि ध्यानआकर्षण गर्दै नेपाल सरकारका पराराष्ट्रमन्त्री डा.नारायण खडकालाई ज्ञापन–पत्र बुझाएको छ ।

एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार मंगलबार परराष्ट्रमन्त्री डा.खडकालाई भेटगरी जापानस्थित नेपाली दूतावासमा राजदूत नियुक्तिमा ढिलासुस्ती नगरी अनुभवी तथा दक्ष व्यक्तिलाई राजदूत बनाउन लगायत सात बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी, युवा संयोजक राकेश रुम्बा, निर्वतमान एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतको टोलीले परराष्ट्रमन्त्रीलाई भेटि जापानमा रहेका नेपालीहरुको समस्याको समाधान गर्न र नेपालबाट जान लागेका नेपालीहरुको प्लेनभाडा दर कम गर्न, कर आदि छुट गर्न आदि माग लिखित रुपमा राखेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *