काेप २६मा भागलिन बेलायत गएका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

डिसी नेपाल
१८ कार्तिक २०७८ ७:२०
76
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कँदै छन्। बेलायतको ग्लास्गोमा भएको कोप २६ को वल्र्ड लिडर समिटमा भाग लिन गएका प्रधानमन्त्री आज स्वदेश फर्किन लागेका हुन्।

प्रधानमन्त्री नेतृत्वको टोली बुधबार इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै आज विहान काठमाडौं आइपुग्नेछन्। पाँचौ पटक प्रधानमन्त्री भएपछि यो देउवाको पहिलो विदेश भ्रमण थियो।

नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका थिए। वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उनीबाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदै छन्।

प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वर्ल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *