अमेरिकामा अर्का एक नेपाली निर्वाचित, सिन्धुपाल्चोकका श्रेष्ठले जिते ब्रानफोर्ड नगर चुनाव

डिसी नेपाल
१८ कार्तिक २०७८ ७:५५

न्यूयोर्क । नेपाल सिन्धुपाल्चोक स्थाई घर भई हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका रामचन्द्र श्रेष्ठ सो नगरको नगर समिति सदस्यमा निर्वाचित भएका छन। नोभेम्बर २ बुधबारका दिन भएको चुनावमा उनी विजयी बनेका हुन्।

गत २४  सेप्टेम्बर २०२० मा उनलाई सोही नगरको रिक्त भएको नगर सदस्य पदमा नियुक्तसमेत गरिएको थियो। सोही कामको मुल्यांकन गर्दै उनलाई नगरका जनताले जिताएको कुरा त्यहाँका एक स्थानीय समाजसेवी ज्ञानु श्रेष्ठले डिसी नेपाललाई जानकारी दिएका छन्।

२२ बर्षदेखि उक्त शहरमा रेष्टुराँ व्यवसायमा संलग्न उनी त्यहाँको स्थानीय नेपाली संस्था सोसाइटी अफ नेप्लिज इन अमेरिका का दुई कार्यकाल सर्बसम्मात अध्यक्ष भइसकेका व्यक्ति हुन्।

अमेरिकाका अन्य नगरपालिका तथा महानगरपालिकामा परिषद सदस्य भन्ने चलन भए पनि कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग) भन्ने गरिन्छ र सोही पदमा श्रेष्ठले सानदार विजय प्राप्त गरेका छन्।

आफ्नो विजयपछि नगर क्षेत्र र नजिक शहरमा रहेका नेपालीहरूले भेटेर नै बधाई दिने क्रम चलिरहेको रामचन्द्र श्रेष्ठले डिसी नेपाललाई बताए । आफ्नो निर्वाचित कार्यकालमा केही नयां काम गरेर देखाउने इच्छा भएको उनले डिसी नेपाललाई बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *