कांग्रेस दोलखाका सभापति जुवाखालबाट पक्राउ
काठमाडौं। नेपाली कांग्रेस दोलखाका सभापति जुवाखालबाट पक्राउ परेका छन्। सभापति बर्मा लामासहित १८ जना बौद्धबाट कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा कौडा खेलिरहेको सूचना प्रहरीलाई आएपछि छापा मार्दा सभापति लामासहित १८ जना पक्राउ परेका महानगरीय प्रहरी वृत्त, बौद्धले जनाएको छ।
पक्राउ परेका उनीहरुको साथबाट ६ लाख ३२ हजार पाँच सय रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको र मुद्दा चलाइने प्रहरीले बताएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment