अमेरिकी राजदूतावासकाे सहयाेगमा घर गुम्बाकाे जीर्णाेद्धार

डिसी नेपाल
२२ कार्तिक २०७८ ११:०४
56
Shares

काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले मुस्ताङको मराङमा अवस्थित घर गुम्बाको (लो गेखर) जीर्णोद्धार शुभारम्भ गरेको छ। गण्डकी प्रदेशका सांसद महेन्द्र थकाली, दामोदर कुण्ड गाउँपालिकाका प्रमुख लोप्साङ्ग सोम्फेल बिष्ट तथा दूतावासका पब्लिक अफेयर्स ग्यारेट विल्कर्सनले संयुक्त रुपमा जीर्णोद्धारको उद्घाटन गरेका छन्।

अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषको दुई लाख पचासी हजार अमेरिकी डलर अनुदान सहयोगमा उक्त गुम्बाको भूकम्प प्रतिरोधात्मक जीर्णोद्दार गरिने भएको छ।

तिब्बती बौद्धमार्गीहरूको सवैभन्दा पुरानोमध्ये एक उक्त गुम्बाको भवनको पूर्ण जीर्णोद्दार गर्नुका साथै कलाकृतिहरूको अभिलेक राख्ने तथा दीर्घकालीन संचालन योजना समेत बनाउने दूताबासले जनाएको छ।

दूताबासले ट्वीटरमार्फत भबिष्यमा धर्मावलम्बी र पर्यटकहरूले सुरक्षित र सजिलो तरीकाले उक्त सम्पदाको भ्रमण गर्न सकुन् भन्ने अपेक्षा राख्दै परियोजना सन् २०२३ मा सम्पन्न हुने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.