मकवानपुरमा भएकाे दुर्घटनामा एकको मृत्यु
हेटाैँडा । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन्। ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाहीे अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। रासस
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment