आन्दोलनर न्यायाधीशलाई काममा फर्काउन सर्वोच्चका कर्मचारीले दबाव दिने

डिसी नेपाल
२८ कार्तिक २०७८ ११:५०
108
Shares

काठमाडौं। झण्डै एक महिनादेखि काम नै छोडेर आन्दोलनर न्यायाधीशहरुलाई काममा फर्काउन सर्वोच्च अदालतका कर्मचारीहरुले दबाव दिने भएका छन्। सर्वोच्च अदालतमा कार्यरत कर्मचारीले न्यायलयको गरिमा बनाउन पनि आफूहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन्।

‘गतिरोध लम्बिँदै जाँदा सेवाग्राही मार्कामा पर्ने र न्यायलयमाथिको भरोसम आँच आउने हुन्छ, त्यसैले हामीले सर्वोच्चमा जारी गतिरोध अन्त्यका लागि भूमिका खेल्ने विषयमा छलफल गरिरहेका छौं,’ सर्वोच्चका एक कर्मचारीले डिसी नेपालसँग भने, ‘आज हामी कर्मचारी संगठनबीच छलफल गरेर आन्दोलनरत न्यायाधीश र प्रधानन्यायाधीशसँग पनि छलफल गरी निकास दिन प्रयत्न गर्छौं।’

स्रोतका अनुसार उनीहरुले आन्दोलनरत न्यायाधीशलाई अबिलम्ब काममा फर्काउन दबाव दिने तयारी छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै झण्डै एक महिनादेखि सर्वोच्चका न्यायाधीश, नेपाल बार, चार जना पूर्व प्रधानन्यायाधीश र नागरिक समाजका अगुवाले आन्दोलन गर्दै आएका छन्। जसकारण सर्वोच्च अदालतबाट हुने न्याय सम्पादनमा अवरोध पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *