द्वारिकालाल चौधरीले भने-म एमालेमै छु

डिसी नेपाल
२८ कार्तिक २०७८ ११:५९

सुनसरी। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफू नेकपा एमालेमै रहेको प्रष्टीकरण दिएका छन्। गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग बसेर खाना आएको तस्बिर सार्वजनिक भएपछि उनले आइतबार सो प्रष्टीकरण दिएका हुन्।

इटहरीमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफू अहिले पनि एमालेमै रहेको र नेकपा (एस)मा नगाएको बताएका हुन्। ‘माधव नेपाल मकहाँ आउनु भयो। मैले खाना खुवाएको हुँ’, उनले चौधरीले भने, ‘खाना खाएर माधव नेपाल फर्कनुभयो। म नेकपा (एस)मा गएको हल्ला गलत हो। अहिले पनि एमालेमै छु।’

गत शुक्रबार चौधरीलाई भेट्न मुख्यमन्त्री राजेन्द्र राईसहित अध्यक्ष नेपाल चौधरीकै निवास पुगेका थिए। चौधरी एमालेबाट मेयरमा निर्वाचित भएका नेता हुन्। तर, माधव नेपालसहित नेकपा (एस)का नेताहरूसँग बसेर खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनले एमाले छाडेको अनुमान गरिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *