कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समितिमा कुन-कुन पदको उम्मेदवारी शुल्क कति ?

डिसी नेपाल
३० कार्तिक २०७८ ६:१८
316
Shares

काठमाडौं। नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो। कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापतिका लागि सात हजार शुल्क तोकेको छ।

यस्तै उपसभापति र सचिवका लागि पाँच हजार शुल्क निर्धारण गरिएको छ । प्रदेश सभा क्षेत्रीय सहसचिव लड्न चाहनेहरूले भने चार हजार र सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ। पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.