प्रधानन्यायाधीशको राजीनामा माग्दै बेन्चमा फर्किने भए सबै न्यायाधीश
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै बेञ्च बहिष्कार गरिरहेका सबै न्यायाधीश बेन्चमा फर्किने भएका छन् ।
जबराको राजीनामा माग्दै ८ कात्तिकदेखि बेञ्च बहिष्कार गरिरहेका न्यायाधीशहरू बेन्चमा फर्किने भएका हुन् । मंगलबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा आन्दोलनरत न्यायाधीशहरूले बेञ्चमा फर्किने बताएका हुन् ।
छलफलमा सहभागी सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेका अनुसार जबराको राजीनामा मागिरहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली र मिलापत्रलगायतका मुद्दा हेर्ने गरी बेञ्चमा फर्किने बताएका हुन् ।
बैठकपछि न्यायाधीश अनिलकुमार सिन्ह्वाले गोला प्रथामार्फत पेसी तोक्ने काम सुरु नभएसम्म बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली र मिलापत्रसम्बन्धी मुद्दा मात्र आफूहरूले हेर्ने गरी बेन्चमा फर्किने बताए ।







डिसी नेपाल








Facebook Comment