जनगणना अन्तिम चरणमाः तपाईँ छुट्नु त भएन ?

डिसी नेपाल
९ मंसिर २०७८ ६:४६

जाजरकोट। ‘मेरो सहभागिता मेरो गणना’ नाराका साथ २५ कात्तिकदेखि देशभर सुरु भएको जनगणना आज बिहीबार सकिँदैछ। तथ्यांक विभागका अनुसार देशभर जनगणनाकाे काम अन्तिम चरणमा पुगेको छ।

जनगणनाका लागि नाम टिपाउन छुटेकालाई आजसम्म समय दिइएकाे छ। जाजरकाेटमा जनगणनाका लागि २ सय ४० गणक र ६० जना सुपरिपेक्षक खटिएका थिए। प्रारम्भिक रिपोर्ट अनुसार जाजरकोटमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ । जाजरकोटमा यसपटक करिब २ लाखको हाराहारीमा जनसंख्या पुग्ने अनुमान गरिएको छ।

२०६८ अनुसार जाजरकोटको कुल जनसंख्या १ लाख ७१ हजार ३०४ थियो । यसपटक १ लाख ९० हजारदेखि २ लाख पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको जिल्ला जनगणना अधिकारी जनक बोहराले बताए । उनका अनुसार महिला ९४ हजार ७ सय ७३ र पुरुष ९४ हजार ५ सय ५० तथा अन्य ७ जना रहेको र केही थपघट हुन सक्ने आँकलन गरिएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *