काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ र कार्कीबीच दोस्रोपटक प्रतिस्पर्धा

डिसी नेपाल
११ मंसिर २०७८ १०:०२

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको हो।

काठमाडौंमा बहालवाला जिल्ला सभापति कृष्ण सबुज बानियाँ र उपेन्द्र कार्कीबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको छ ।

१३औं महाधिवशेनमा पनि बानियाँ र कार्कीबीच नै सभापतिमा प्रतिस्पर्धा भएको थियो। संस्थापन पक्षका कार्कीलाई पराजित गरी प्रकाशमान सिंह निकट बानियाँ विजयी भएका थिए। बानियाँले शनिबार नेताहरू प्रकाशमान सिंह र गगनकुमार थापाको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *