काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ र कार्कीबीच दोस्रोपटक प्रतिस्पर्धा
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको हो।
काठमाडौंमा बहालवाला जिल्ला सभापति कृष्ण सबुज बानियाँ र उपेन्द्र कार्कीबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको छ ।
१३औं महाधिवशेनमा पनि बानियाँ र कार्कीबीच नै सभापतिमा प्रतिस्पर्धा भएको थियो। संस्थापन पक्षका कार्कीलाई पराजित गरी प्रकाशमान सिंह निकट बानियाँ विजयी भएका थिए। बानियाँले शनिबार नेताहरू प्रकाशमान सिंह र गगनकुमार थापाको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment