एमाले महाधिवेशन : उपमहासचिवमा ज्ञवाली, विष्ट र गुरुङको दाबी

डिसी नेपाल
११ मंसिर २०७८ १४:०९
4
Shares

काठमाडौं। पदाधिकारी र केन्द्रीय कमिटीका आकांक्षी धेरै भएपछि शुक्रबार राति बसेको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्यो।

यो निर्णयसँगै अहिले पदाधिकारीका आकांक्षी बढ्न थालेका छन्। यसअघि एक जनमात्रै रहने उपमहासचिवको संख्या बढाएर तीन पुर्याएपछि अहिले यो पदमा तीन जनाले आकांक्षा देखाएका छन्।

उपसमहासचिवमा युवराज ज्ञवाली, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङले आकांक्षा देखाएका छन्। यसअघि उपमहासचिवमा प्रदीप ज्ञवालीले दाबी गरेका थिए भने विष्टले सचिवमै दोहोरिने आकांक्षा राखेका थिए। गुरुङले भने महासचिवमा दाबी गर्दै आएका थिए।

तर पदाधिकारीको संख्या बढाएसँगै तीनै जनाले उपमहासचिवमा दाबी गरेका हुन्।  पदाधिकारीको संख्या थप गरेर सर्वसम्मतको प्रयास थालेको एमालेभित्र अझै पनि नेताहरुको व्यवस्थापन गर्न समस्या भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *