एमाले महाधिवेशनमा विदेशी पाहुनाकाे शुभकामना, कसले के भने?

डिसी नेपाल
११ मंसिर २०७८ १८:१८

चितवन।चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा एमालेको महाधिवेशन सफलताको कामना गर्दै भिडियो सन्देश पठाएको छ। उक्त भिडियो सन्देशमा एमालेले द्विपक्षीय हितमा काम गर्ने र द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने उल्लेख छ।

सन्देशमा भनिएको छ, ‘सीपीसी एमालेसँग सहकार्य गर्न तयार छ। राष्ट्रपतिको नेपाल भ्रमणले विकास र समृद्धिका लागि साझेदारी नयाँ रणनीतिक उचाईमा पुगेको छ। एमालेले सकारात्मक योगदान पुर्याएको छ। चीन नेपालसँग काम गर्न तयार छ। पारस्परिक सम्मान र समृद्धिका लागि एमालेसँग मिलेर काम गर्न तयार छ।’

टर्कीको भाटन पार्टीका अध्यक्ष डा. डोगु पेरिन्सेकले कोभिड महामारीका कारण प्रभावित भएकाले उपस्थित हुने नसकेको उल्लेख गरेका छन्। उनले भविष्यमा नेपाल भ्रमण गर्ने र एमालेका नेतासँग वसर मिल्नेछ जनाएका छन्। साधै महाधिवेशनको शुभकामनाका पनि दिएका छन्।

भियतनाम कम्युनिस्ट पार्टीले पठाएको शुभकामना सन्देशमा पनि राष्ट्रिय एकता र स्वाधिनतामा एमालेले खेलेको भूमिकाबाट खुसी भएको उल्लेख छ। सन्देशमा पार्टीको सुदृढीकरण र सुखी नेपाली समृद्ध नेपाल अभियानले नयाँ उचाइ लिने उल्लेख छ। यस्तै, नेपाल र भियतनामबीचको सम्बन्ध सुदृढ र प्रगाढ रूपमा विकास हुने विश्वास व्यक्त गरेको छ।

सोनियाको पत्र छोडेर फर्किए अखिलेश

कांग्रेस आईका नेता अखिलेश यादव काठमाडौंहुँदै चितवन पुगेर फर्किएका छन्। बन्द सत्र ढिलो भएका कारण उनी कार्यक्रममा सहभागी हुन सकेनन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोनिया गान्धीले पठाएको पत्र छोडेका छन्।

सोनियाको पत्रमा भनिएको छ, ‘म सहभागी भएर शुभकामना दिन चाहेको थिए । तर, परिस्थितिले सकिएन । निमन्त्रणा गरेकोमा धन्यवाद । महाधिवेशन सफल होस् शुभकामना।’

अल रसियन पोलिटिकल पार्टीका अध्यक्षले देशको सामाजिक आर्थिक परिवर्तनमा योगदान गरेकोमा नेकपा एमालेलाई बधाई दिएका छन्। साथै, नयाँ नेतृत्व संशक्त रूपमा देश विकास र समृद्धको दिशामाअघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

यस्तै, जर्मन सोसियल रूलिङ पार्टीले आफ्नै महाधिवेशन भएकाले महासचिव उपस्थित हुन नसकेको र एमालेकाे महाधिवेशन सफल होस् भनेर शुभकामना पठाएका छन् ।

कम्युनिस्ट पार्टी अफ इण्डिया, फ्रेन्च कम्युनिष्ट पार्टी, पीटिबी, बेल्जियम श्रमिक पार्टी , बंगलादेश क्रान्तिकारी मजदुर पार्टी, म्यानमारको संघीय ऐक्यबद्धता तथा विकास पार्टी, ग्रिस कम्युनिष्ट पार्टी, रूसी कम्युनिष्ट पार्टी, जापानिज कम्युनिष्ट पार्टी, जापानिज कम्युनिष्ट पार्टी, श्रीलंका कम्युनिस्ट पार्टी, सिनफिन इन्टरनेसन, आयरल्यान्ड, सत्तारूढ पार्टी, आइक्याप, अध्यक्ष महासचिव, एसियन पार्टीहरूको संस्थालगायतले शुभकामना दिएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *