बाघको आक्रमणबाट एकको मृत्यु
काठमाडौँ ।बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाउँपालिका–४ राजीपुरका ६२ वर्षीया कालुराम थारुको मृत्यु भएको हो ।
आइतबार साँझ घर नजिकै मध्यवर्ती वनक्षेत्रमा गोठालो गएको बेला पाटेबाघले आक्रमण गरेको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। बाघको आक्रमणबाट बर्दियामा गत आर्थिक वर्षदेखि अहिलेसम्म १५ जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment