सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

डिसी नेपाल
१६ मंसिर २०७८ ११:२०

बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि  बुधबारकै मूल्य कायम हुँदै  ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्यमा भने घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले घट्दै एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *