जो अमेरिकामा पनि नेपाली फिल्म बनाउँछन्

डिसी नेपाल
१८ मंसिर २०७८ ९:२८

लेक्सिन्टन/ केन्टकी। नेपालमा रहँदा चलचित्र संगीतकर्ममा सक्रिय सबै जसो कलाकार निर्देशक बिदेश आएसँगै आफ्नो कामबाट पलायन हुन्छन्। हुनपनि अर्को देशमा आएपछि त्यो कामको वाताबरण नै हुँदैन। त्यसैले धेरै कलाकार, निर्देशकको कलाकारितार निर्देशकीय कर्म त्यही पूर्णबिराम लाग्ने गर्छ। तर नेपाली चलचित्र क्षेत्रमा लामो समय काम गरेका सुमन दाहाल अमेरिकामा पनि आफ्नो बिधामा सक्रिय छन्।

विगत ४ वर्षदेखि अमेरिका बस्दै आएका उनी आफ्नो कलाकर्ममार्फत आफ्नो क्षेत्रमा क्रियाशीतला देखाइरहेका छन्। ‘धेरैजसो कलाकर्मी प्रवासमा आएसँगै नयाठाँउ, परिवेशले पुरानो क्षेत्र छोड्छन’, उनी भन्छन्, ‘तर म विदेशी भूमिमै भएपनि सक्दो कला, संस्कृतिको क्षेत्रमा सक्रियता देखाइरहेको छु।’

अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिन्टन बस्दै आएका सुमन छोटा चलचित्र, म्युजिक भिडियोर युट्युवमार्फत सांगीतिक कार्यक्रममा आफ्नो उपस्थिति जनाइरहेका छन्। भन्छन्, ‘कला क्षेत्रबाटै पहिचान बनाइयो, त्यसैले यहाँको ब्यस्तताबीच समय निकालेर आफ्नो कर्मलाई सक्दो निरन्तरता दिइरहेको छु।’

विदेशमा आएपछि पैसामात्र सोच्दा आफ्नो पहिचानको क्षेत्रबाट टाढिनुपर्ने अनुभव उनले सुनाए। ‘तर केही गर्छु भन्ने हुटहुटी भए विदेशबाट पनि आफ्नो कला, संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउन सकिन्छ’, उनी भन्छन्। दाहाल ३ महिनादेखि ‘लेक्सिन्टन दोहोरी’ निर्माण निर्देशन गरिरहेका छन्। सम्राट क्रिएशन नामक युट्युव च्यानलबाट हरेक साता यो लोकदोहोरी कार्यक्रम प्रसारण हुँदै आएको छ।

नेपाली चलचित्रका निर्देशक सुमन दाहाल अमेरिकामा पनि छोटा चलचित्र, म्युजिक भिडियो, सांगीतिक कार्यक्रममार्फत कलाकर्ममा सक्रिय छन्।

नेपाली भाषी भुटानी समुदाय र नेपाली गरी झण्डै ५ हजार नेपाली रहेको लेक्सिन्टन शहरमा भएका कलाकारको गायकी यस कार्यक्रममा देख्न सकिन्छ। ‘यस्ता कार्यक्रम अमेरिकामा गर्नु चानचुने कुरा हैन’ गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष तथा लेक्सिटनकेन्टकीका बासिन्दा दिलु पराजुली भन्छन्, ‘तर सुमनजीको मेहनत, दरिलो इच्छाशक्तिले यस्तो कार्यक्रमनिर्माण गर्न सम्भव भएको हो।’

त्यसो त उनी बसोबास गर्दै आएको राज्यका स्थानीय संस्थाहरु इनास केन्टकी, एनका र नास्क केन्टकीको सहकार्यमा गैरआवासीय नेपाली संघ अमेरिकाको केन्टकी च्याप्टरले २ महिना अघि उनलाई सम्मान गरेको थियो। विदेशमा बसेर पनि चलचित्र, म्युजिक भिडियो, सांगीतिक कार्यक्रमको माध्यमबाट नेपाली गीत संगीत, चलचित्र, कला संस्कृतिको संरक्षण र प्रबद्र्धन गरेको भन्दै उनलाई सो सम्मान प्रदान गरिएको थियो।

हालैमात्रहेर्दा हेर्दैयो केटी, यो जीवन मिठो बोलको गीतको म्युजिक भिडियो निर्माण निर्देशन गरेका उनले यसै साताशंका नामक छोटो चलचित्रको छायांकन सकाएका छन्। अमेरिकामै डेढ दर्जन म्युजिक भिडियो निर्देशन गरेका उनको काम म्युजिक भिडियोमा बढी देख्न सकिन्छ । मन परेपछि, नो स्मोकिङ जस्ता चलचित्र निर्देशन गरेका सुमन नेपाली चलचित्र निर्देशक समाजका पूर्व उपाध्यक्ष हुन्।

उनले सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष जस्ता चलचित्र निर्देशक समाजका कार्यकारी पदमा १५ वर्ष बसेर काम गरेका थिए। नेपालमै रहदा ४ दर्जन म्युजिक भिडियो, केही विज्ञापन निर्देशन गरेका उनी एक्ट्रा अर्डिनरी ग्रीन कार्डमार्फत अमेरिका आएका हुन्।

नेपालमै रहँदा एनटीभी‐२ को शुरुवातताका नै बालप्रतिभा खोज्ने कार्यक्रमचाम्स नेपालको निर्देशन गरेका सुमनले नेपालमा रहँदा चलचित्र निर्देशन बाहेक उद्घोषक, थुप्रै सौन्दर्य प्रतियोगितामा ब्यत्तित्व विकासको प्रशिक्षक र निर्णायकका रुपमा काम गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *