तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍यो प्रस्ताव आह्नवान

डिसी नेपाल
१९ मंसिर २०७८ १६:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्व पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको छ । एक वर्ष अवधिको निक्षेपका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ ।

कुल निक्षेपमध्ये दुई अर्व ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख राष्ट्रियस्तरका विकास बैंकलाई र १५ करोड २५ लाख फाइनान्स कम्पनीलाई छुट्याइएको छ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आगामी बुधबारसम्म व्याजदरसहितको प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

निक्षेप लिन बैंक सञ्चालनमा आएको दुई वर्ष पूरा भएको हुनुपर्ने, निष्क्रिय कर्जा कुल सापटीको ५ प्रतिशतभन्दा कम रहेको, नाफामा रहेको, घरजग्गा कर्जा सिमाभित्र रहेको हुनुपर्नेलगायतका सर्तहरू तोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *