संसदीय सुनुवाइ : बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउँछु: प्रस्तावित राजदूत आचार्य*

डिसी नेपाल
२० मंसिर २०७८ १३:४७
काठमाडौं। संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिमा सोमबार प्रस्तावित राजदूतको सुनुवाइ भएको छ। सोमबार बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सुनुवाइ भएको छ।

सुनुवाइका क्रममा आचार्यले यस्तो भने

हाम्रो एतिहासिक सम्बन्ध र बेलायतको ग्लोबल शक्तिका कारण महत्वपूर्ण छ । सम्बन्धको विविधिकरण र सुदृढीकरण आवश्यक छ । क्षेत्रीय स्वार्थबाट बाहिर आउनुपर्छ । विविधिकरणले स्वतन्त्रपूर्वक निर्णय गर्न सघाउँछ । यसका लागि संयुक्त अधिराज्य बेलायतसँग सम्बन्ध सुदृढ बनाउनुपर्छ।

बेलायतका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेपाल भ्रमण भएको छैन । त्यसको वातावरण बनाउन भूमिका खेल्छु । यताबाट भ्रमण भएको छ । तर, उताबाट छैन । संसद समितिको भ्रमण पनि आदानप्रदान भएको छ ।

अनुभव आदान प्रदान तथा राजनीतिक सम्बन्ध सुदृढिका लगि महत्वपुर्ण । उच्च र अन्य भ्रमण निरन्तर हुनुपर्छ । राजनीतिकपछि आर्थिक सम्बन्ध महत्वपूर्ण कुरा हो । हामी विदेशी सहायतामा डिपेन्ड छौं । यो जारी नै रहने देखिन्छ ।

बेलायत पहिलो र दोस्रो द्विपक्षीय सहकार्य देश बनेको छ । गरिबी निवारण पूर्वाधार विकासमा महत्त्वपूर्ण हुनसक्छन् । आर्थिक सामाजिक क्षेत्रमा परिवर्तनका लागि बेलायत नेपालका लागि महत्त्वपूर्ण छ ।

बेलायतको सहयोग निरन्तर प्राप्त हुन र प्रभावकारी कार्यान्वय पनि महत्त्वपूर्ण कुरा हो । सकारात्मक बनाउन यसमा बहस हुनपर्छ । नेपालको लागि लाभ हुने क्षेत्रमा सहयोगको दायरा बढाउँदै लानुपर्नेछ ।

भुपु ब्रिटिस गोर्खाको आवाज, पेन्सनको मागमा सरकारले पहल लिएको छ । तर, समस्या समाधान हुन सकेको छैन । बेलायतमा समिति बनेको छ । न्यायोचित र उदारताका साथअघि बढाउने प्रतिबद्धता गर्छु ।

व्यापार सम्बन्ध पनि महत्वपुर्ण छ । फाइनानस ग्याप फरेन एक्सचेञ्ज ग्याप र ट्रेड ग्यापलाई कम गर्न भूमिका खेल्छु । दुई अर्बको एक्सपोर्ट गर्छौं । विश्वको पाँचौं शक्ति राष्ट्रमा यति सानो कारोबार छ ।  बजारको पहुँच, निर्यातयोग्य उत्पादन वृद्वि, बजार प्रवर्द्धनको कुरा अगाडि बढाउँछु । लगानी भित्र्याउन पहल गर्छु ।

पर्यटनमा पनि नेपाल र बेलायतबिच सहकार्य हुनुपर्छ । बेलायतमा पढ्न गएका विद्यार्थीले दुःख पाएका छन् । त्यसलाई निराकरण गर्न प्रतिबद्ध छु । नेपालको बृहत्तर राष्ट्रिय स्वार्थका लागि काम गर्नेछु ।

केही चुनौतीहरू छन् । क्षेत्रीय, विश्व राजनीति हेरेर नेपालको हित हुनेगरी राष्ट्रिय समुन्नतिका कुरामा सहयोगी भुमिका खेल्न चाहन्छु ।

 आचार्यलाई सांसद जितेन्द्र देवको सुझाव

ज्ञानचन्द्रजी उपयुक्त व्यक्तित्व हुनुहुन्छ । राजदुतहरू नेपाल सरकारको मात्र प्रतिनिधि भएको अभ्यास छ । यो पर्फेक्ट कुरा होइन । राजदुत भनेको समग्र राष्ट्रको प्रतिनिधि हो । यो कुरालाई मनन गरेर काम गर्नुपर्छ । नेपाल सरकारको नीतिभित्र रहेर समग्र राष्ट्रको हितमा काम गर्नुपर्छ । नेपालको संसदभित्र भइरहेका गतिविधिमा राजदूतहरू अपटुडेट भएर काम गर्दा राष्ट्रकै प्रतिनिधिका रूपमा झल्किन्छ । सरकारका साथै राष्ट्रले फाइदा दिन्छ । संसदका समितिहरूसँग कसरी सम्वाद गर्ने मिलाउनुपर्छ । बीचबीचमा आएका बेला, विदेशमै हुँदा पनि सकिन्छ भने सिधै र नभए परराष्ट्र मन्त्रालयमार्फत सक्रिय बनाउने काम गरे राम्रो हुन्छ ।

संसदभित्र भइरहेको नीति निर्माण बहसमा जोड्ने र विदेशमा गरिरहेका कामबारे पनि समीक्षा गर्नुपर्छ । पर्फमेन्स बेस हुनुपर्छ । जागिर खानेभन्दा हिजोभन्दा राम्रो, केही फरक काम हुनुपर्छ । राजदूतहरू राष्ट्रको भन्दा पनि आफ्नो व्यक्तिगत प्रपोच, पहुँच बढाउने हिसाबले लागेका छन् । यो कल्चरलाई निरूत्साहित गर्नेगरि राष्ट्रका हितमा काम गर्न सुझाव छ ।

(*यसअघि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम भूलवश अन्यथा पर्न गएमा क्षमा याचनासहित सच्याइएको छ । सं.)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *