कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै, सभापतिमा साझा उम्मेदवार बनाइने
काठमाडौं। नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ।
कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन्।
त्यसका लागि साेमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेकाे थियाे। बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा आज फेरि दिउँसाे १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेकाे हाे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment