कोरोना कहरमा बढ्न थाले विदेशी पर्यटक

फुर्पा शेर्पा
२१ मंसिर २०७८ ११:४३

काठमाडौं। कोरोना महामारीका कारण पर्यटन गतिविधि ठप्प बन्दैै गएको समयमा पनि सन् २०२० को नोभेम्बर महिनाको तुलनामा २०२१ को नोभेम्बर महिनामा मात्र २६ हजार एक सय ३५ पर्यटक हवाईजहाजबाट नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नोभेम्बर महिनामा २६ हजार एक सय ३५ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२० को नोभेम्बर महिनामा एक हजार ९ सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। कोरोना भाइरस संक्रमण सुरु हुनु अघि सन् २०१९ को नोभेम्बरको आगमन १ लाख ३० हजार ३ सय २ थियो।

करिब दुई वर्षदेखि महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का परेको थियो। कोरोनाको संकट कम भएसँगै केही महिनादेखि पर्यटन क्षेत्र लयमा फर्किँदै गरेको निर्देशक लामिछानेको भनाइ छ।

अन्तर्राष्ट्रिय पर्यटन मात्र नभएर आन्तरिक पर्यटकको पनि चहलपहल बढेका छ। कोरोनाको जोखिम कम भई पर्यटनका सम्पूर्ण क्षेत्र लयमा फर्किरहेका वेला देखिएको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई फेरि ठप्प पार्ने हो कि भन्ने चिन्ता बढेको लामिछानेले बताए।

दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) विश्वका १४ मुलुकमा देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपाल भित्रिएका सबै विदेशी पर्यटक नै हुन भन्न नसकिने लामिछानेको भनाइ छ। ‘पर्यटन गतिविधि पुरानो लयमै फकिएको देख्नि छ,’ निर्देशक लामिछानेले भने, ‘अहिले सम्ममा कुन भाइरस हो भने पता भने लागेको छैन।’

पर्यटन बोर्डले इन्टरनेशनल मार्केटिङ गरिरहेको र वेट एण्ड वाचमा रहेको लामिछानेले बताए। बुकिङ्हरु सबै बन्द गरेका छौं, र अन्तर्राष्ट्रिय सूचनाहरु पनि अप्डेट गरिरहेको लामिछानेले बताए।

अध्यागमन विभागका अनुसार कोरोना महामारी अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०१९ को नोभेम्बर महिनामा एक लाख ३० हजार ३ सय २ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। साथै २०२० को नोभेम्बरमा १ हजार ९ सय ४७ आएका थिए। तुलनात्मक रुपमा पर्यटक आगमनमा वृद्धि देखिएको छ।

नोभेम्बर महिनामा विभिन्न देशबाट २६ हजार १ सय ३५ नागरिक नेपाल भित्रिएका छन्। सबैभन्दा बढी भारतबाट भित्रिए। नेपाल आएका विभिन्न देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी १० हजार ४ सय २१ जना नेपाल आएका हुन्। भारतपछि अमेरिकाबाट ३ हजार ७ सय ८२, बेलायतबाट २ अजार २६, अष्टे«लियाबाट ६ सय १५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

दक्षिण एसियाली मुलुकमध्ये नोभेम्बर महिनामा बङ्गलादेशबाट १ हजार ३ सय ८२, भुटानबाट ४९, पाकिस्तानबाट २ सय ३१ र श्रीलङकाबाट ६६ पर्यटक नेपाल आएका छन्। यस्तै, क्यानडाबाट ४ सय ७८, चीनबाट ३ सय ६३, बेल्जियमबाट २ सय, फ्रान्सबाट ८ सय ८, नेदरल्याण्डबाट २ सय ४१, रुसबाट ३ सय ३७ जना आएको लामिछानेले जानकारी दिए।

उनले भने, ‘अहिले विभिन्न देशहरुबाट इन्क्वाइरीहरु आइरहेको छ, हामीले उनीहरुलाई नेपाल आउँदा अपनाउनु पर्ने स्वास्थ्यका मापदण्ड, पर्यटन गतिविधि सुरु भएको ठाउँहरुको बारेमा जानकारी दिएने काम गर्दै आएका छौं। खोप लगाएकाहरुले अमेरिका भारतलगायत यूरोपेली देशहरुबाट नेपाल आउँन चासो गरिरहेका छन्।’

नेपाल पर्यटन बोर्डले किो तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। नोभेम्बरमा हवाईमार्ग भएर २६ हजार १ सय ३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन्। सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बंगलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *