अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी

डिसी नेपाल
२१ मंसिर २०७८ १२:५१

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै मणिपाल कलेजमा तालाबन्दी गरेको छ । नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले उक्त कलेजमा तालाबन्दी गरेको हो ।

उक्त कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएकाले कलेज प्रशासनमा तालाबन्दी गरेको गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले जानकारी दिए।

कलेजले विद्यार्थीलाई मर्का पार्नेगरी विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आइतबार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पूरा नगरेको भन्दै सोमबारदेखि कलेजको प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *