मोटरसाइकल चोरीमा संलग्न सात जना पक्राउ

डिसी नेपाल
२१ मंसिर २०७८ १४:२२

काठमाडौँ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेकाे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुलाई सोमबार राती बबरमहलबाट चोरेका मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले  बताए। साथै, पक्राउ पर्ने सात जना काठमाडौँकाे ठूलै समूह रहेको पनि जानकारी दिए।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *