भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश

डिसी नेपाल
२१ मंसिर २०७८ २२:१७

काठमाडौं।सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज भण्डारीसहितको तत्कालीन कार्य समितिलाई गैरकानूनीरूपमा हटाएको ठहर गर्दै सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्ति भएका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा भण्डारी हटाउने सरकारले निर्णय गरेको थियो ।

सरकारको उक्त सो निर्णविरुद्ध भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। अदालतको अन्तरिम आदेशसँगै भण्डारी पुनर्बहाली भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *