लागूऔषधसहित पक्राउ

डिसी नेपाल
२१ मंसिर २०७८ २२:२३

काठमाडौं।काठमाडौँ महानगरपालिका–१६ पकनाजोलबाट अवैध लागुऔषधसहित आज चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुबाट करिब २५० ग्राम पोल्यान्ड, करिब ६० ग्राम गाँजा, जरायोको सिङको एक भाग र १ थान खुकुरी बरामद गरिएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय बुद्ध लामा, २७ वर्षीय विक्रम तामाङ, १८ वर्षीय किशोर तामाङ र काठमाडौँ महानगरपालिका–१७ डल्लु बस्ने काभ्रे तिमाल गाउँपालिका–६ का मानदेव भन्ने ३३ वर्षीय दोर्जे तामाङ रहेका छन् ।

पकनाजोलस्थित उनको कोठामा लागुऔषध बिक्रीका लागि लुकाइराखेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागुऔषध र सामान फेला पारेको थियो । कार्यालयका अनुसार उता सुनसरी, धरान उपमहानगरपालिका–२ भानुचोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम, लुपिजेसिक र फेनारगन गरी जम्मा २३ एम्पुल, ५० एम्पुल नाइट्राजेपाम, १९ ट्याब्लेट स्पास्मो प्रोक्सिभोनसहित सोही उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय मिलन तामाङलाई पनि आजै पक्राउ गरिएको छ ।

यस्तै मोरङको उर्लाबारी नगरपालिका–३ नमूना टोल बस्ने बाबुराम थारु र सोही ठाउँ बस्ने ३१ वर्षीय सन्तोष तामाङलाई एक ग्राम १७० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर र रु ११ हजारसहित प्रहरीले आज पक्राउ गरेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *