सर्लाही कांग्रेस : दुई क्षेत्रमा संस्थापन इतर विजयी, जिल्ला सभापति पनि पराजित
सर्लाही। नेपाली कांग्रेसको सर्लाही दुई क्षेत्रमा संस्थापन इतरले सभापति जितेको छ। बिहीबार सम्पन्न मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापन इतरले क्षेत्रीय सभापति पाएको हो।
निर्वाचन परीणाम अनुसार क्षेत्र नम्बर १ मा इतर पक्षका हरि लुंगेली मगर निर्वाचित भएका छन्। उनले संस्थापन पक्षका कुवेर आचार्यलाई हराएका हुन्। क्षेत्र नम्बर २ काे क्षेत्रीय सभापतिमा कौशल किशोर राय विजयी भएका छन्। उनी पनि संस्थापन इतरका हुन्।
महाधिवेशन प्रतिनिधिमा इतर नै हावी, जिल्ला सभापति हारे
महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन इतर नै हावी छ । जिल्ला सभापति नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पूर्वजिल्ला सभापति एवं इतरका लक्षण राय यादव महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।
जिल्ला सभापतिका भतिजासमेत रहेका नितेश राय पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। निर्वाचन अधिकृतको सचिवालयका अनुसार महाधिवेशन क्षेत्र नम्बर १ बा६ प्रतिनिधिमा संस्थापन इतरका १५ जना र संस्थापनका ९ जना मात्र विजयी भएका छन्।
दुवै पक्ष प्यानसहित चुनावी मैदानमा उत्रिए पनि मतपरीणाम भने मिश्रित आएको कांग्रेस सर्लाहीले जनाएको छ । पूर्वमन्त्रीसमेत रहेका शम्भुलाल श्रेष्ठले आदिवासी जनजाती कोटाकाे सहारा लिएर महाधिवेशन प्रतिनिधि बने।
यस क्षेत्रको निर्वाचन परिणामलाई संस्थापन इतरका लक्षमण राय र संस्थापनका नागेन्द्र कुमार राय बीचकाे हारजितको रुपमा हेरिएको छ। क्षेत्र नम्बर ३ मा भने मतगणना जारी छ । क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट पुण्यहरि घिमिरे र इतरबाट भिखारी राय चुनावी मैदानमा छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment