उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी

डिसी नेपाल
२४ मंसिर २०७८ २०:०७

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक सुरु भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबार साँझ बैठक बसिरहेको हो ।

महाधिवेशनको उद्घाटन सकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बत्तिसपुतली पुगेका हुन् ।

महाधिवेशनमा साझा उम्मेदवार चयनका लागि उनीहरु छलफलमा जुटेका हुन् । उक्त बैठकमा सभापतिका दाबेदारहरु सबै सहभागी हुने बताइएको छ।

इतर पक्षमा चार जना सभापतिका आकांक्षी रहेका छन् । रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबेदारी प्रस्तुत गरिरहँदा इतर पक्षले सभापतिको टुंगो लगाउन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *