लागूऔषधसहित २२ जना पक्राउ

डिसी नेपाल
२ साउन २०८३ २१:२९

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीबाट पाँच, बाँके र गोरखाबाट चार/चार, सुनसरी र काठमाडौंबाट दुई/दुई, झापा, बर्दिया, उदयपुर, धनुषा, महोत्तरीबाट एक/एक जना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन बरामद गरेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *