रोल्पामा पहिरोमा पुरिएर ५७ वर्षीय पुरुषको मृत्यु
रोल्पा । बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु भएको छ। परिवर्तन गाउँपालिका–४, पाछावाङस्थित सल्लाबोटका ५७ वर्षीय देउप्रसाद घर्तीको पहिरोमा परी ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो स्थानमा पहिरो खसेको थियो। शुक्रबार राति पहिरोमा पुरिएका घर्ती शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
शनिबार बिहान करिब ५:३० बजे घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाछावाङबाट प्रहरी नायब निरीक्षक नरसिंह खत्रीको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा पुगी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment