प्रेस चौतारी नेपालको पुनर्गठन, २४९ सदस्यीय केन्द्रीय कमिटीको घोषणा

डिसी नेपाल
२५ मंसिर २०७८ १५:५७

काठमाडौँ ।एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पुनर्गठन गरिएको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार गत ८ माघमा भएको राष्ट्रिय भेलाले दिएको म्याण्डेडअनुसार २४९ सदस्यीय केन्द्रीय कमिटीको पुनर्गठन गरिएको हो ।

उनका अनुसार केन्द्रीय कमिटीमा २७ जना पदाधिकारी कायम भएका छन् । बस्नेतको अध्यक्षतामा पुनर्गठन भएको केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, उपाध्यक्षहरूमा गणेश पाण्डे, लालबाबु शेख, लीलाराज भट्टराई, सविन प्रियासन चौधरी र वीरबहादुर गिरी छन् ।

प्रेस चौतारीको महासचिवमा राजेश राई र उपमहासचिवमा हिरामान लामा चयन भएका छन् । त्यसैगरी सचिवमा शुरोजंग पाण्डे, रामकृष्ण शर्मा, भरत केसी, देविका घर्ती मगर र कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।

पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका पदाधिकारी र सदस्यलाई हटाएर नयाँ सदस्य र पदाधिकारी थप गरिएको अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *