एमएम नरवणे भारतका नयाँ सीडीएस, चण्डी प्रसाद मोहांटी नयाँ चीफ अफ आर्मी स्टाफ
काठमाडौं। भारतको स्थल सेनाका प्रमुख रहेका मनोज मुकुन्द नरवणे भारतको नयाँ चीफ अफ डिफेन्स स्टाफ नियुक्त भएका छन् । यसको घोषणा केही बेरमा गरिँदैछ । नरवणे पदोन्नती भएसँगै उनको रिक्त हुने स्थानमा लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ ।
भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि भारतीय सेनाको सर्वोच्च पद खाली थियो । बुधबार रावतको निधन भएपछि अर्को सीडीएस नियुक्त नहुँदासम्मको लागि सीडीएस हेडक्वार्टरमा रावतपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए ।
हालसम्म भारतीय सेनाका २७ औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब दोस्रो चीफ अफ डिफेन्स स्टाफ भएका छन् । भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटका हुन् । उनका पिता पनि भारतीय वायु सेनाका अधिकारी थिए । नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा समेत दिइएको छ ।
नयाँ चीफ अफ आर्मी स्टाफ बनेका लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटी यसअघि स्थल सेनामा नरवणेपछि दोस्रो बरियतामा थिए । १९८२ मा सैन्य सेवामा प्रवेश गरेका मोहांटी राजपुत रेजिमेन्टका हुन् । ओडिसाको जगतसिंहपुर जिल्लाका मोहांटी ओडिसा राज्यबाट सेनाको यो पदमा पुग्ने पहिलो सैनिक अधिकारी हुन् ।







डिसी नेपाल








Facebook Comment