मलद्वारमा लुकाएर सुन ल्याउने २ भारतीय नागरिक विमानस्थलबाट पक्राउ

डिसी नेपाल
२६ मंसिर २०७८ १४:२६
340
Shares

काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । दुबईदेखि मलद्वारमा लुकाएर सुन ल्याउने दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय सद्दाम हुसेन सेगु अबुबैकर र ३५ वर्षीय कादर इब्राहिम रहेका छन् ।

मंसिर २३ गते नेपाल एयरलाइन्सको उडान नम्बर आरए२३० मार्फत दुबईबाट काठमाडौं आएका सद्दामको शंकास्पद व्यवहार देखाएपछि नियन्त्रणमा लिइ काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्दा मलद्वारमा लुकाएको सुन फेला परेको हो।

मलद्वारमा कालो रंगको चिल्लो रबर जस्तो देखिने पदार्थले बरेको अवस्थामा ५ थान अर्ध ठोस सुन फेला परेको प्रहरीले जनाएको छ । सद्दामसँगको सोधपुछको क्रममा उक्त सुन तस्करीमा कादर पनि संलग्न रहेको बताएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले बताए । सुनसहित दुबै जनालाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *