भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर ‘ह्याक’

डिसी नेपाल
२६ मंसिर २०७८ १४:४२
80
Shares

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर ह्यान्डल ह्याक भएको छ। प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो।

प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर मोदीको निजी एकाउन्ट केही समयका लागि ह्याक भएको जानकारी दिए। ह्याक भएको समयको ट्वीटलाई आधिकारिक नमान्न आग्रह गरिएको छ।

ह्याक भएसँगै सो ह्याण्डलबाट क्रिप्टोकरेन्सी विटक्वाइन सम्बन्धी ट्वीट भएको थियो। भारतले विटक्वाइनलाई वैधानिकता दिएको र सरकारले ५०० बीटीसी किनेको र यो सबै देशवासीलाई वितरण गर्ने जानकारीसहित ट्वीट गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *