काेइराला, सिंह र निधिले मतदानस्थलकाे निरीक्षण गरे, मतपत्र छाप्न ढिलाे भएपछि मतदान अझै सुरू भएन

डिसी नेपाल
२७ मंसिर २०७८ १०:०९
116
Shares

काठमाडौं। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने आज साेमबार बिहान ८ बजे तय भएकाेमा मतदान अझै सुरु भएको छैन। तर, सभापतिका उम्मेदवारमध्येका शेखर काेइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले मतदान स्थलकाे निरीक्षण गरेका छन्।

उनीहरु बिहान फरक-फरक समयमा मतदानस्थल पुगेका थिए। सभापतिका लागि काेइराला, सिंह र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन्।

निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले मतपत्र छाप्न ढिलाइ भएकाले मतदान सुरु हुन नसकेकाे बताए । ‘मतपत्र छापेर ल्याइएकाे छ केही छिनमै मतदान हुन्छ,’ उनले भने।

मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.