गगन थापाको अपिलः भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन भोट हाल्नुस्

डिसी नेपाल
२७ मंसिर २०७८ १३:२६
32
Shares

काठमाडौं।नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन् ।नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको एक घन्टापछि नेता थापाले ‘समुन्नत नेपालः सम्मानित नेपाली’ बनाउने संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा साथ, सहयोग र विवेकपूर्ण निर्णय गर्न अपिल गरेका हुन् ।

‘नेपाली कांग्रेसलाई कस्तो बनाउने र कस्तो नेतृत्व छनोट गर्ने भन्ने दूरगामी महत्वको क्षणमा हामी छौं । हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिँदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ । यसका लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको छ।

‘समुन्नत नेपाल स् सम्मानित नेपाली’ बनाउने हाम्रो संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा हामीलाई साथ सहयोग र विवेकपूर्ण निर्णय गर्न हार्दिक अपिल गर्दछु,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।थापा कांग्रेस महामन्त्रीको उम्मेदवार हुन् । उनी डा.शेखर कोइराला प्यानलमार्फत चुनावी मैदानमा छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *