सामान्य विवादमा कुटाकुट हुँदा दाजुको मृत्यु

डिसी नेपाल
२७ मंसिर २०७८ १४:५५
300
Shares

हेटौंडा। मकवानपुरमा आफ्नै दाजुको हत्या आरोपमा भाइ पक्राउ परेका छन् । उत्तर पश्चिममा रहेको कैलाश गाउँपालिका वडा नम्बर ६ तल्लो पकनीका ३३ वर्षीय नन्दरे मोक्तानको हत्या आरोपमा ३० वर्षीय सीताराम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ।

दाजु र भाइ बीच सामान्य विवादमै कुटपिट हुँदा नन्दरे मोक्तानको मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

झगडाको कारण खुलिसकेको छैन। सीतारामलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए। इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको प्रहरीको भनाई रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *