अनेमसंघ (समाजवादी) बागमती प्रदेश कमिटी घोषणा

डिसी नेपाल
२७ मंसिर २०७८ २०:४८

काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी)को बागमती प्रदेश कमिटी घोषणा गरेको छ । संघले मुनु सिग्देलको अध्यक्षतामा १५१ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो ।

अनेमसंघको सोमबार काठमाडौंमा बसेको बैठकमा कमिटी घोषणा तथा सपथ ग्रहण गरिएको थियो । बैठकमा संघकी अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी)की उपाध्यक्ष जयन्ती राईले सदस्यलाई सपथ गराएकी थिइन् ।

बैठकलाई सम्बोधन गर्दै राईले नेकपा (एकीकृत समाजवादी) गठनका कारण र अनेमंघले गर्नु पर्ने कामका बारेमा जानकारी गराइन् । नेकपा एमालेमा ओलीको स्वेच्छाचारी र व्यक्तिवादी शैली हाबी भएकाले आफूहरुले बिद्रोह गरेको राईले बताइन् । ‘अहिले पनि महिलाहरु अनेक प्रकारका समस्या र हिंसाबाट पीडित छन्, अनेमसंघ (समाजवादी)ले महिलाका सबै प्रकारका विभेद र हिंसाका विरुद्ध अगुवाइ गर्दे महिलालाई राजनीतिक रुपमा संगठीत गर्नुपर्छ,’ राईले भनिन् ।

त्यस्तै बैठकमा सोही पार्टीका उपाध्यक्ष एवं बाग्मती प्रदेशका इन्चार्ज केदार न्यौपाने र बाग्मती प्रदेशका पार्टी अध्यक्ष सावित्रा भूसालले पनि सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनीहरुले पनि पार्टी निर्माण र महिलाका विषयमा प्रशिक्षण तथा घोषित कमिटीलाई शुभकामना दिएका दिए ।

घोषित प्रदेश कमीटीकोे उपाध्यक्षमा शान्ता पौडेल र कमला श्रेष्ठ, सचिवमा सङिता पाख्रिन, उपसचिवमा शान्ता पाख्रिन र कोषाध्यक्षमा पार्वती सिल्वाल छन् । कमिटी १५१ सादसीय रहेको अध्यक्ष मुनु सिग्देलले जानकारी दिइन् । अध्यक्ष सिग्देलले संघले गर्ने कार्ययोजना समेत प्रस्तुत गरेकी थिइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *