जम्मू कश्मीरको श्रीनगरमा आक्रमण, २ प्रहरीको मृत्यु

डिसी नेपाल
२८ मंसिर २०७८ १०:५१
84
Shares

भारत।  भारतको जम्मू कश्मीरमा प्रहरीको एक बसमा आक्रमण भएको छ । उक्त आक्रमणमा परि दुई प्रहरीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

अन्ध्यारोको फाइदा उठाउँदै चरमपन्थी समूहले आक्रमण गरेको अधिकारीहरुले बताएका छन्। घटना भएको जेवन क्षेत्रलाई अहिले सुरक्षाबलले घेराबन्दी गरेको छ।

भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीले यस घटनाको अनुसन्धान गरी रिपोर्ट पेश गर्न निर्देशन दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *