लोक सेवा आयोगले माग्यो २८४ जना शाखा अधिकृत

डिसी नेपाल
२९ मंसिर २०७८ ९:४८

काठमाडौँ। लोकसेवा आयोगले शाखा अधिकृत पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । आयोगले दुई सय ८४ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोलेको हो ।

बुधबार आयोगले गोरखापत्रमा सूचना प्रकाशित गर्दै  अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो। आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि  आवेदन खुला गरेको छ ।

इच्छुक थथ योग्यता पुगेका उम्मेदवारले पुस २० गते भित्र आवेदन दिन पाइने छ। पुस २७ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ । यसमा पदमा अनलाइनमार्फत् आवेदन दिन सकिनेछ।

शाखा अधिकृतको परीक्षा आगामी चैतमा हुने आयोगको सूचनामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *