एक्सेल डेभलपमेन्ट बैंकको २७ हजार २५७.२० कित्ता सेयर लिलामी खुल्ला

डिसी नेपाल
२९ मंसिर २०७८ ११:५१

काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकले आज बुधबारबाट २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

बैंकको यस सेयरमा  लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।इच्छुक आवेदकले पुस ७ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।

यसमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *