मल्टिपर्पस फाइनान्सले १३ प्रतिशत बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

डिसी नेपाल
२९ मंसिर २०७८ १२:०५

काठमाडौं। मल्टिपर्पस फाइनान्सले आफ्नो सेयरधनीहरुलाई १३.५२६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा र सेयर प्रिमियमबाट १३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ० दशमलब ५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लाभांश सेयरधनीहरुलाई वितरण गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *