सुनको मूल्यमा भारी वृद्धि: एकैदिन तोलामा ३ हजार ४०० रुपैयाँ बढ्यो

डिसी नेपाल
१८ वैशाख २०८३ ११:१७

काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि प्रतितोला १३५ रुपैयाँको वृद्धि देखिएको छ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, सेतो धातु चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ।

बजारको पछिल्लो तथ्यांक अनुसार हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० र चाँदी ४ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो। बुधबारको तुलनामा बिहीबार केही घटेको मूल्यले आज पुनः नयाँ उचाइ तय गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको देखिन्छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ६५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔँस ७६ अमेरिकी डलर कायम भएको छ। विश्व बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उत्तारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउ महँगिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *