प्रदेश २ : प्रदेशसभाको आठाैँ अधिवेशनबाट आजबाट, दुई अध्यादेश पेस गरिँदै

डिसी नेपाल
२९ मंसिर २०७८ १२:०२
52
Shares

जनकपुरधाम। प्रदेश २ को प्रदेश सभाको आठाैँ अधिवेशनको पहिलो बैठक बुधबार बस्दै छ। २२ असोजमा साताैँ अधिवेशन सम्पन्न भएपछि बुधबार आठाैँ अधिवेशनको पहिलो बैठक बस्दै छ । तर, नेपाली कांग्रेसका सांसदहरू पार्टीको महाधिवेशनको क्रममा काठमाडाैँमा रहने भएकाले बुधबारको बैठक प्रभावित हुने भएको छ।

प्रदेशसभामा प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको विश्व विद्यालयसम्बन्धी दुईवटा विधेयक पेस गरिने कार्यक्रम छ। तर, सत्तारुढ दल कांग्रेसका सासदहरू नै अनुपस्थित रहेने भएकाले उक्त विधेयक टेबुल भएर स्थगन हुने सक्ने प्रदेश सभा सचिवायले जनाएको छ।

आठाैँ अधिवेशनको पहिलो वैठक भएकोले सासदले शुभकामना दिने कार्यक्रमसमेत रहेको प्रदेशसभा सचिवालय सचिव रंजित यादवले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.