रासायनिक मलको माग गर्दै सप्तरीका किसानले गरे जिल्ला प्रशासन कार्यालय घेराउ

डिसी नेपाल
२९ मंसिर २०७८ १५:१४
28
Shares

सप्तरी – सप्तरीका किसानले रासायनिक मल माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका छन्।  रासायनिक मलको माग गरेर केही दिनदेखि आन्दोलन गर्दै आएका किसानले बुधवार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हुन्।

गहुँ छर्ने बेलामा रासायनिक मल नपाएको किसानहरूको गुनासो रहेको छ । गहुँ बाली लगाउने बेला विशेष गरी डीएपी मलको माग बढी हुन्छ ।

कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले पालिकाको सिफारिसमा मल दिँदै आएको तर  सोझै किसानलाई मल वितरण गर्न नसकिने बताए ।

कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार नाै लाख नाै हजार पाँच सय ९९ हेक्टर क्षेत्रफल रहेको सप्तरीमा खेतीयोग्य जग्गा ८१ हजार ६ सय ६८ हेक्टर अर्थात् ६४ प्रतिशत छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *